ne_luk_text_ulb/21/01.txt

1 line
994 B
Plaintext

\v 1 येशूले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेकी देख्‍नुभयो । \v 2 उहाँले एक जना गरीब विधवाले दुई पैसा भेटी हालेकी देख्‍नुभयो । \v 3 यसैले उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनीहरू सबैले भन्दा यस विधवाले बढी हालेकी छे । \v 4 यिनीहरू सबैले प्रशस्तताबाट भेटीहरू दिए, तर यस विधवाले आफ्नो दरिद्रताबाट आफू बाँच्‍नका लागि जे-जति थियो सबै दिई ।”