ne_luk_text_ulb/13/04.txt

1 line
646 B
Plaintext

\v 4 वा सिलोआमका ती अठार जना मानिसहरू, जसमाथि धरहरा ढल्यो र तिनीहरूलाई मार्‍यो, के तिमीहरू सोच्छौ कि तिनीहरू यरूशलेमका अरू मानिसहरूभन्दा बढी पापी थिए? \v 5 म भन्‍दछु, होइन । तर यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरू सबै पनि यसरी नै नष्‍ट हुनेछौ ।