ne_luk_text_ulb/12/47.txt

1 line
893 B
Plaintext

\v 47 त्यस सेवकले आफ्नो मालिकको इच्छा थाहा हुँदाहुँदै पनि तयार नगरेको वा तिनको इच्छाअनुसार नगरेको कारण त्यसलाई धेरै मुक्‍का हानिनेछ । \v 48 तर जसलाई थाहै थिएन र मुक्‍का पाउने योग्यको काम गर्‍यो, त्यसलाई थोरै मात्र मुक्‍काहरू हानिनेछ । तर हरेक जसलाई धेरै दिइएको छ, तिनीहरूबाट धेरै नै लिइनेछ, र जसलाई धेरै जिम्मा दिइएको छ त्यसबाट धेरै नै मागिनेछ ।