ne_luk_text_ulb/12/41.txt

1 line
1.0 KiB
Plaintext

\v 41 पत्रुसले भने, “प्रभु, के तपाईंले यो द‍ृष्‍टान्त हामीलाई मात्रै भन्‍नुभएको हो, कि सबैलाई पनि?” \v 42 प्रभुले भन्‍नुभयो, “त्यसो भए विश्‍वासयोग्य र बुद्धिमान् व्यवस्थापक को हो? जसलाई मालिकले आफ्ना सेवकहरूलाई ठिक समयमा खाना दिन खटाएका हुन्छन् । \v 43 धन्य हो त्यो सेवक, जसलाई त्यसका मालिक फर्कंदा त्यसै गरिरहेको भेट्टाउनेछन् । \v 44 साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनले आफ्नो सबै सम्पत्तिको हक त्यसलाई दिनेछन् ।