ne_luk_text_ulb/12/13.txt

1 line
929 B
Plaintext

\v 13 त्यसपछि भीडबाट एक जनाले उहाँलाई भन्यो, “गुरुज्यू, मेरो दाजुलाई सम्पत्तिको भागबन्डा गर्नू भनी बताइदिनुहोस् ।” \v 14 येशूले त्यसलाई भन्‍नुभयो, “हे मानिस, कसले मलाई तिमीहरूमाथि न्यायधीश वा मध्यस्तकर्ता बनायो?” \v 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर आफैंलाई सबै लोभी इच्छाबाट अलग राख, किनभने कुनै व्यक्तिको जीवन त्यसको धन सम्पत्तिको प्रशस्ततामा रहँदैन ।”