ne_luk_text_ulb/11/49.txt

1 line
969 B
Plaintext

\v 49 किनकि यसैकारणले परमेश्‍वरको बुद्धिले भन्छ, 'म तिनीहरूकहाँ अगमवक्‍ताहरू र प्रेरितहरू पठाउनेछु, र तिनीहरूमध्ये कोहीलाई तिनीहरूले सताउनेछन् र मार्नेछन् ।' \v 50 तब संसारको सुरूदेखि भएको सबै अगमवक्ताहरूको रक्तपातको जिम्मेवार यस पुस्ता हुनेछ, \v 51 हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्म । हो, म तिमीहरूलाई भन्दछु, यसको जिम्मेवार यस पुस्ता हुनेछ ।