ne_luk_text_ulb/11/39.txt

1 line
829 B
Plaintext

\v 39 तर प्रभुले तिनीलाई भन्‍नुभयो, “तिमी फरिसीहरू गिलासहरू र कचौराहरूको बाहिर सफा गर्छौ, तर तिमीहरूको भित्रपट्टि लोभ र दुष्‍ट कुराले भरिएको हुन्छ । \v 40 तिमी मूर्खहरू मानिसहरू! जसले बाहिरको बनायो के त्यसले भित्रको पनि बनाएको होइन र? \v 41 भित्रका कुराहरूलाई गरिबलाई देओ, र त्यसपछि सबै कुराहरू तिमीहरूका लागि सफा हुनेछन् ।