ne_luk_text_ulb/11/24.txt

1 line
1.1 KiB
Plaintext

\v 24 "जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ, तब त्यो पानी नभएको ठाउँ भएर जान्छ र आराम गर्न खोज्छ । केही पनि नपाउँदा, त्यसले भन्‍छ, 'म निस्केर आएको मेरै घरमा फर्किजानेछु' । \v 25 फर्किसकेपछि त्यसले त्यो घर सफासँग व्यवस्थित पारेर राखेको भेट्टाउँछ । \v 26 त्यसपछि त्यो जान्छ र आफूभन्दा धेरै दुष्‍ट अरू सातवटा भूतात्मालाई साथमा ल्याउँछ र तिनीहरू सबै आएर त्यहाँ बस्‍छन् । त्यसपछि त्यस मानिसको पछिल्‍लो अवस्था पहिलेको भन्दा अझ खराब हुन्छ ।"