ne_luk_text_ulb/11/11.txt

1 line
1.5 KiB
Plaintext

\v 11 तिमीहरूमध्ये कुनचाहिं बुबाले आफ्नो छोराले माछा माग्दा, माछाको सट्टा सर्प दिनेछ? \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा छोटो गरी लेखिएको छ । केही प्राचीन प्रतिलिपिहरूमा लामो गरी लेखिएको छ, जुन मत्ती ७ः९ मा पनि यसरी लेखिएको पाइन्छः \fqa तिमीहरूमध्ये कसले आफ्नो छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा दिनेछ? वा माछा माग्दा सर्प दिनेछ? \fqa* \f* \v 12 अथवा त्यसले अण्डा माग्दा, तिमीले त्यसलाई बिच्छी दिनेछ? \v 13 यसकारण तिमीहरू दुष्‍ट भएर पनि आफ्ना छोराछोरीहरूलाई असल चिजहरू दिन जान्दछौ भने, तिमीहरूका स्वर्गका पिताले उहाँसँग माग्‍नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछ?”