ne_luk_text_ulb/10/17.txt

1 line
1.2 KiB
Plaintext

\v 17 ती सत्तरी जना आनन्दित भएर यसो भन्दै फर्के, “प्रभु, तपाईंको नाउँमा भूतहरू पनि हाम्रो वशमा आए ।” \v 18 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुलीजस्तै खसेको देखिरहेको थिएँ । \v 19 हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरूलाई कुल्चने र शत्रुका सबै शक्‍तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई कुनै पनि तरिकाले हानि पुर्‍याउनेछैन । \v 20 तथापि आत्माहरू तिमीहरूको वशमा छन् भनेर मात्र नरमाओ, तर तिमीहरूको नाम स्वर्गमा लेखिएका छन् भनेर अझ बढी रमाओ ।”