ne_luk_text_ulb/09/51.txt

1 line
836 B
Plaintext

\v 51 जब उहाँ स्वर्गतिर जाने समय नजिक आयो, तब उहाँले यरूशलेमतिर जाने अठोट गर्नुभयो । \v 52 उहाँले आफूभन्दा अगि सन्‍देशवाहकहरूलाई पठाउनुभयो र तिनीहरू गए, र उहाँका निम्ति सबै कुराको तयारी गर्न सामरीहरूको गाउँमा प्रवेश गरे । \v 53 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गरेनन्, किनभने उहाँले यरूशलेमतिर जाने अठोट गर्नुभएको थियो ।