ne_luk_text_ulb/09/46.txt

1 line
1.0 KiB
Plaintext

\v 46 तब तिनीहरूमध्ये सबैभन्दा ठुलो को हुने हो भनी तिनीहरूबीच विवाद चल्यो । \v 47 तर येशूले तिनीहरूका हृदयको विचार थाहा पाएर एउटा सानो बालकलाई लिएर आफ्नो छेउमा राख्‍नुभयो, \v 48 र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मेरो नाउँमा यस बालकलाई ग्रहण गर्छ भने त्यसले मलाई ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ । किनकि तिमीहरू सबैमध्ये सबैभन्दा सानो जो छ त्यो नै महान् हुन्छ ।”