ne_luk_text_ulb/09/41.txt

1 line
898 B
Plaintext

\v 41 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “हे अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म तिमीहरूसँग कति समयसम्म रहुँला र तिमीहरूलाई सहुँला? तिम्रो छोरालाई यहाँ ल्याऊ ।” \v 42 जब त्यो केटो आउँदै थियो, तब भूतात्माले त्यसलाई भुइँमा पछार्‍यो, र त्यसलाई काम्‍न लगायो । तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटोलाई निको पार्नुभयो, र त्यसको बुबालाई फिर्ता दिनुभयो ।