ne_luk_text_ulb/09/37.txt

1 line
1.3 KiB
Plaintext

\v 37 अब भोलिपल्ट तिनीहरू पहाडबाट तल ओर्लेर आउँदा एउटा ठुलो भीडले उहाँलाई भेट‍्यो । \v 38 हेर, भीडबाट एक जना मानिस यसो भन्दै चिच्यायो, “गुरुज्यू, म तपाईंसँग बिन्ती गर्छु, मेरो छोरालाई हेर्नुहोस्, किनकि त्यो मेरो एउटै मात्र छोरा हो । \v 39 हेर्नुहोस, त्यसलाई आत्माले समात्छ र त्यो अचानक चिच्‍च्‍याउँछ; त्यसले त्यसलाई काम्‍न लगाउँछ जसले गर्दा त्यसले मुखमा फिंज काढ्छ । त्यो त्यसबाट मुस्किलले निस्केर जान्छ र त्यसलाई नराम्रो गरी चोट पार्छ । \v 40 मैले त्यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्ती गरें, तर तिनीहरूले सकेनन् ।”