ne_luk_text_ulb/09/23.txt

1 line
981 B
Plaintext

\v 23 तब उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो, “यदि कोही मेरो पछि आउन चाहन्छ भने, त्यसले आफैंलाई इन्कार गर्नुपर्छ, र दिनहुँ आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ‍्याउनुपर्छ । \v 24 जसले आफ्नो जीवन बचाउने प्रयास गर्छ, त्यसले त्यो गुमाउनेछ, तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ । \v 25 सारा संसार हात पारेर पनि त्यसले आफैंलाई नाश गर्छ वा गुमाउँछ भने, मानिसलाई के लाभ हुन्छ र?