ne_luk_text_ulb/09/18.txt

1 line
738 B
Plaintext

\v 18 येशू एक्लै प्रार्थना गरिरहनुहुँदा चेलाहरू पनि उहाँसँग थिए । उहाँले तिनीहरूलाई यसो भन्दै प्रश्‍न गर्नुभयो, “भीडहरूले म को हुँ भनी भन्छन्?” \v 19 तिनीहरूले जवाफ दिए, “बप्‍तिस्मा-दिने यहून्‍ना । तर अरूहरूले एलिया, र अरूहरूले पहिलेका कोही अगमवक्ताहरूमध्ये एक उठेका छन् भनी भन्छन् ।”