ne_luk_text_ulb/09/12.txt

1 line
1.4 KiB
Plaintext

\v 12 अब दिन ढल्किन लागेको थियो, र बाह्रै जना उहाँकहाँ आए र भने, “यस भीडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले वरिपरिका बस्तीहरू र गाउँहरूमा गएर बास बस्‍न र खान पाउन सकून्, किनभने हामी यहाँ निर्जन ठाउँमा छौं ।” \v 13 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई खानलाई देओ ।” तिनीहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढी केही छैन, नभए हामी गएर यी सबै मानिसहरूका लागि खानेकुरा किन्‍नुपर्ला ।” \v 14 (त्यहाँ प्रायः पाँच हजार जति पुरुषहरू थिए ।) उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, "तिनीहरूलाई पचास-पचास जनाको समूहमा बस्‍न लगाओ ।”