ne_luk_text_ulb/03/15.txt

1 line
1.1 KiB
Plaintext

\v 15 अब जसै मानिसहरूले ख्रीष्‍ट आउनुहुन्छ भनेर उत्सुकतासाथ प्रतीक्षा गरिरहेका थिए, सबैले मनमा यूहन्‍नाको विषयमा, कतै यिनी नै ख्रीष्‍ट हुन् कि भनेर विचार गरिरहेका थिए । \v 16 यूहन्‍नाले सबैलाई यसो भन्दै जवाफ दिए, “म त तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु, तर एकजना आउँदै हुनुहुन्छ जो मभन्दा शक्‍तिशाली हुनुहुन्छ, र म उहाँको जुत्ताको फित्ता फुकाल्न पनि योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ ।