ne_luk_text_ulb/02/17.txt

1 line
971 B
Plaintext

\v 17 तिनीहरूले उहाँलाई देखेपछि, यस बालकको बारेमा तिनीहरूलाई बताइएका कुरा तिनीहरूले बताए । \v 18 गोठालाहरूद्वारा भनिएका कुरा सुन्‍नेहरू जति सबै जना आश्‍चर्य चकित भए । \v 19 तर मरियमले सुनेका यी सबै कुराहरू आफ्नो मनमै राख्दै सोचिरहिन् । \v 20 गोठालाहरूले आफूहरूलाई भनिएअनुसार आफूहरूले सुनेका र देखेका हरेक कुराका निम्ति परमेश्‍वरलाई महिमा दिंदै र प्रशंसा गर्दै तिनीहरू फर्के ।