1 line
1.1 KiB
Plaintext
1 line
1.1 KiB
Plaintext
\v 30 स्वर्गदूतले उनलाई भने, “नडराऊ, मरियम, किनकि तिमीले परमेश्वरबाट निगाह प्राप्त गरेकी छ्यौ । \v 31 हेर, तिमी गर्भवती हुनेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ । तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ । \v 32 उहाँ महान् हुनुहुनेछ र उहाँ सर्वोच्चका पुत्र कहलाइनुहुनेछ । परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ । \v 33 उहाँले याकूबको घरानामाथि सदासर्वदा राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त हुनेछैन ।" |