ne_est_text_ulb/07/03.txt

1 line
1.3 KiB
Plaintext

\v 3 तर रानी एस्तरले जवाफ दिइन्, "हे महाराज, मैले हजुरको नजरमा निगाह पाएकी छु र हजुरलाई खुसी लाग्छ भने, मेरो जीवन मलाई नै दिइयोस् । मेरो बिन्ती यही नै हो, र मेरो जातिको लागि पनि यसै गरियोस् भनी म बिन्ती गर्छु । \v 4 किनकि म र मेरो मानिसहरू नाश पारिन, मारिन र नामेट पारिन बेचिएका छौँ । हामी दास-दासीको रूपमा मात्र दासत्वमा बेचिएका भए म चुप रहन्थेँ किनकि त्यस्तो दुःखले मात्र त महाराजालाई बाधा दिनु न्यासङ्गत हुँदैन ।" \v 5 तब राजा अहासूरसले रानी एस्तरलाई सोधे, "त्यो को हो ? यस्तो कुरा गर्न आफ्नो हृदय भरेर बस्‍ने त्यो व्यक्ति कहाँ छ ?