ne_est_text_ulb/04/09.txt

1 line
1.3 KiB
Plaintext

\v 9 त्यसैले हताक गए र मोर्दकैले तिनलाई भनेका कुरा एस्तरलाई बताए । \v 10 तब एस्तरले हताकसित कुरा गरिन्, र तिनलाई मोर्दकैकहाँ फर्केर जान आज्ञा दिइन् । \v 11 उनले भनिन्, "राजाका सबै अधिकारी र राजाका प्रान्तहरूका मानिसहरूलाई थाहा छ, कि राजाको नबोलाइकन कुनै पुरुष वा स्‍त्री भित्री दरबारमा प्रवेश गर्‍यो भने, त्यसको लागि एउटा मात्र कानुन छः कुनै व्‍यक्ति बाँचोस् भनेर राजाले आफ्नो सुनको राजदण्ड पसार्नुभएन भने त्यो मारिने छ । म आफैलाई पनि राजाकहाँ नबोलाइएको तिस दिन भइसक्यो ।" \v 12 त्यसैले हताकले एस्तरको कुरा मोर्दकैलाई बताए ।