ne_est_text_ulb/02/17.txt

1 line
923 B
Plaintext

\v 17 राजाले अन्य कुनै स्‍त्रीलाई भन्दा एस्तरलाई बढी मन पराए, र अन्य सबै कन्याहरूले भन्दा बढी उनले स्वीकृति र निगाह पाए । त्यसैले तिनले उनको शिरमा राजकीय शिरपेच पहिराइदिए, र वश्तीको साटो उनलाई रानी बनाए । \v 18 राजाले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा ठुलो, "एस्तरको भोज" भोज दिए र तिनले प्रान्तहरूलाई कर छुट दिए । तिनले राजकीय उदारतासहित उपहारहरू पनि दिए ।