ne_est_text_ulb/06/10.txt

1 line
970 B
Plaintext

\v 10 तब राजाले हामानलाई भने, "छिटो गर, तिमीले भनेझैँ पोशाक र घोडा लिएर आऊ, अनि राजाको ढाकामा बस्‍ने यहूदी मोर्दकैलाई यसै गर । तिमीले भनेका एउटै कुरा गर्न पनि नचुक ।" \v 11 तब हामानले पोशाक र घोडा ल्‍याए । तिनले मोर्दकैलाई उक्‍त पोशाक लगाइदिए, र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरूमा घुमाए । तिनको सामु तिनले घोषणा गरे, "राजाले सम्मान गर्न इच्छा गर्नुभएको मानिसलाई यसै गरिन्छ ।"