ne_est_text_ulb/06/01.txt

1 line
1.2 KiB
Plaintext

\v 1 त्यस रात राजा सुत्‍न सकेनन् । तिनले सेवकहरूलाई आफ्नो राज्‍यकालका घटनाहरूको विवरणहरू ल्याउन हुकुम गरे, र राजाको सामु चर्को सोरमा ति पढियो । \v 2 प्रवेशद्वारको पहरा दिने राजाका दुई जना अधिकारी बिग्थाना र तेरेशले राजा अहासूरसलाई हानि गर्ने कोसिस गरेका कुरा मोर्दकैले जानकरी गराएका थिए भनी त्‍यहाँ लेखिएको पाइयो । \v 3 राजाले सोधे, "यसो गरेका हुनाले मोर्दकैलाई सम्मान वा पद दिन के गरियो त ?" तब राजाको सेवा गर्ने जवान मानिसहरूले जवाफ दिए, "तिनको लागि केही गरिएन ।"