ne_rom_text_ulb/08/16.txt

1 line
843 B
Plaintext

\v 16 हामी परमेश्‍वरका सन्तान हौं भनी आत्मा स्वयम्‌ले हाम्रो आत्मालाई गवाही दिनुहुन्छ । \v 17 यदि हामी सन्तानहरू हौं भने त हामी उत्तराधिकारीहरू पनि हौं अर्थात् परमेश्‍वरका उत्तराधिकारीहरू हौं । अनि हामी ख्रीष्‍टसँगै साझे-उत्तराधिकारीहरू हौं, वास्तवमा हामी उहाँसँगै कष्‍ट भोग्छौं भने हामी पनि उहाँसँगै महिमित हुनसक्छौं ।