ne_mrk_text_ulb/06/48.txt

1 line
1.2 KiB
Plaintext

\v 48 तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्‍नुभयो, किनकि हावा तिनीहरूको विपरीत दिशाबाट आइरहेको थियो । लगभग रातको चौथो प्रहरमा समुद्रमाथि हिंडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्‍न चाहनुभयो । \v 49 तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिंडिरहनुभएको देखे, तब तिनीहरूले उहाँ भूत हुनुहुन्थ्‍यो भनी ठाने र चिच्‍च्याए, \v 50 किनभने तिनीहरूले उहाँलाई देखे र भयभीत भए । अनि तुरुन्तै उहाँ तिनीहरूसँग बोल्नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साहसी होओ, म नै हुँ, नडराओ ।”