1 line
991 B
Plaintext
1 line
991 B
Plaintext
\v 18 किनकि यूहन्नाले हेरोदलाई भने, “आफ्नो भाइकी पत्नीलाई विवाह गर्न तपाईंलाई उचित छैन ।” \v 19 तर हेरोदियासले वैरभाव राखेकी थिइन् र तिनलाई मार्न चाहन्थिन्, तर उनले सकेकी थिइनन्, \v 20 किनकि हेरोद यूहन्नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्ने तिनलाई थाहा थियो, अनि हेरोदले तिनलाई सुरक्षित राखे । तिनको प्रचार सुन्दा हेरोद ज्यादै अशान्त हुन्थे, तरै पनि तिनले खुसीसाथ सुन्थे । |