ne_mrk_text_ulb/06/14.txt

1 line
814 B
Plaintext

\v 14 हेरोद राजाले यो सुने, किनकि येशूको नाउँ प्रसिद्ध भएको थियो । केहीले भनिरहेका थिए, “बप्‍तिस्मा-दिने यूहन्‍ना मृत्युबाट जीवित भई उठेका छन् । त्यसैले यी आश्‍चर्यजनक शक्तिहरू यिनमा काम गर्दछन् ।” \v 15 अरूहरूले भने, “यिनी एलिया हुन् ।”, अझ अरूहरूले भने, “यिनी प्राचीन समयका अगमवक्‍ताहरूजस्तै एक अगमवक्‍ता हुन् ।”