ne_mrk_text_ulb/05/21.txt

1 line
1.4 KiB
Plaintext

\v 21 अब येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्‍नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भीड भेला भयो । \v 22 त्यसपछि सभाघरका अगुवाहरूमध्ये याइरस नाउँ गरेका एक जना उहाँकहाँ आए । जब तिनले येशूलाई देखे, तब उहाँको पाउमा परे । \v 23 तिनले यसो भन्दै बारम्बार बिन्ती गरे, “मेरी सानी छोरी मृत्‍युको मुखमा पुगेकी छे । म तपाईंलाई बिन्ती गर्छु, कि आउनुहोस् र त्यसमाथि आफ्नो हात राखिदिनुहोस्, ताकि त्यो ठिक हुन सकोस् र बाँच्‍न सकोस्।” \v 24 त्यसैले उहाँ तिनीसँग जानुभयो, अनि ठुलो भीडले उहाँलाई पछ्‍यायो, अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे ।