ne_mrk_text_ulb/05/18.txt

1 line
1.1 KiB
Plaintext

\v 18 जब येशू डुङ्‍गामा चढ्दै हुनुहुन्थ्यो त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै रहनलाई उहाँलाई बिन्ती गर्‍यो । \v 19 तर येशूले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन । तर उहाँले त्यसलाई भन्‍नुभयो, “तिम्रो घरमा र तिम्रा मानिसकहाँ जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कसरी उहाँले तिमीलाई कृपा गर्नुभयो, सो तिनीहरूलाई भन ।” \v 20 त्यसैले त्यो मानिस गयो र येशूले त्यसको निम्ति गर्नुभएका महान् कुराहरू डेकापोलिसमा बताउन थाल्यो, अनि सबैजना छक्‍क परे ।