ne_mrk_text_ulb/05/11.txt

1 line
934 B
Plaintext

\v 11 अब त्यहाँ सुँगुरको एउटा ठुलो बथान डाँडामा चरिरहेको थियो, \v 12 अनि तिनीहरूले यसो भन्दै उहाँसँग बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्; हामीलाई तिनीहरूमा पस्‍न दिनुहोस्।” \v 13 उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडबाट समुद्रतिर हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे ।