ne_mrk_text_ulb/04/35.txt

1 line
839 B
Plaintext

\v 35 त्यो दिन जब साँझ पर्‍यो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामी पारिपट्टि जाऔं ।” \v 36 त्यसैले तिनीहरूले त्यो भीडलाई छोडी येशू जुन डुङ्गामा हुनुहुन्थ्यो त्यसैमा उहाँलाई आफ्नो साथमा लगे । अरू डुङ्गाहरू पनि उहाँसँगसँगै गए । \v 37 त्यहाँ भयङ्कर आँधी चल्न थाल्यो र छालहरू डुङ्गामा पस्‍न लागे, अनि डुङ्गा पानीले भरिन लाग्यो ।