ne_mrk_text_ulb/04/30.txt

1 line
1001 B
Plaintext

\v 30 उहाँले भन्‍नुभयो, “हामीले परमेश्‍वरको राज्यलाई केसँग तुलना गर्न सक्छौं, अथवा यसको व्याख्या गर्न कुन द‍ृष्‍टान्त प्रयोग गर्न सक्छौं? \v 31 यो रायोको बीउजस्तो हो, जसलाई छर्दा पृथ्वीका बीउहरूमध्ये यो सबैभन्दा सानो हुन्छ । \v 32 तैपनि यसलाई छरेपछि यो बढ्छ र बारीका सबै सागपातहरूभन्दा ठुलो हुन्छ, र यसमा ठुला हाँगाहरू पलाउँछन्, ताकि आकाशमा उड्ने चराहरूले यसको छहारीमा गुँड बनाउन सकून् ।