ne_mrk_text_ulb/03/28.txt

1 line
863 B
Plaintext

\v 28 साँच्चै म तिमीहरूलाई भन्दछु, कि मानिसहरूका सन्तानहरूका सबै पाप क्षमा गरिनेछन्, र तिनीहरूले गरेका सबै ईश्‍वर-निन्दा पनि क्षमा गरिनेछन्, \v 29 तर पवित्र आत्माको विरुद्धमा गरिने ईश्‍वर-निन्दा कहिल्यै क्षमा हुनेछैन, तर त्यो अनन्त पापको दोषी हुन्छ । \v 30 येशूले यसो भन्‍नुभयो, किनभने तिनीहरूले “त्योसँग अशुद्ध आत्मा छ” भनिरहेका थिए ।