ne_mrk_text_ulb/16/14.txt

1 line
1.2 KiB
Plaintext

\v 14 पछिबाट येशू एघार जनाकहाँ, तिनीहरू टेबुलमा अडेस लगाएर बसिरहँदा देखा पर्नुभयो, अनि उहाँले तिनीहरूको अविश्‍वास र हृदयको कठोरताको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनभने उहाँ मृतकबाट जीवित भई उठ्नुभएपछि उहाँलाई देख्‍नेहरूका कुरा तिनीहरूले विश्‍वास गरेनन् । \v 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्‍टिलाई सुसमाचार प्रचार गर । \v 16 जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ त्यो बचाइनेछ, र जसले विश्‍वास गर्दैन त्यो दोषी ठहरिनेछ ।