1 line
1.2 KiB
Plaintext
1 line
1.2 KiB
Plaintext
\v 5 तिनीहरू चिहानभित्र प्रवेश गरे र एक जना जवान मानिस सेतो पोशाक लगाएर दाहिनेपट्टि बसिरहेको देखे, र तिनीहरू छक्क परे । \v 6 तिनले तिनीहरूलाई भने, “छक्क नपर” तिमीहरूले येशू नासरीलाई खोज्दैछौ जसलाई क्रूसमा टाँगिएको थियो । उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्न । तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर । \v 7 तर जाओ, उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ, 'उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदैहुनुहुन्छ । उहाँले तिमीहरूलाई भन्नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ । |