ne_mrk_text_ulb/12/35.txt

1 line
1.1 KiB
Plaintext

\v 35 येशूले मन्दिरमा सिकाउँदै गर्नुहुँदा उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, “शास्‍‍त्रीहरूले ख्रीष्‍टलाई कसरी दाऊदका पुत्र भन्छन्? \v 36 दाऊद आफैंले पवित्र आत्माद्वारा यसो भने, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, मेरो दाहिने हातमा बस, जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टामुनि ल्याउँदिनँ ।’ \v 37 दाऊद आफैंले उहाँलाई ‘प्रभु’ भन्छन् भने ख्रीष्‍ट कसरी दाऊदका पुत्र हुन सक्छन् त?” ठुलो भीडले उहाँको कुरा खुसीसाथ सुन्यो ।