ne_mrk_text_ulb/12/28.txt

1 line
1.4 KiB
Plaintext

\v 28 शास्‍‍त्रीहरूमध्येका एक जना आए र तिनीहरूका छलफल सुने; येशूले तिनीहरूलाई राम्रो जवाफ दिनुभएको तिनले देखे । तिनले उहाँलाई सोधे, “सबैभन्दा महत्त्‍वपूर्ण आज्ञा कुन हो?” \v 29 येशूले जवाफ दिनुभयो, “सबैभन्दा महत्त्‍वपूर्णचाहिं यो हो, ‘सुन्, हे इस्राएल, परमप्रभु हाम्रा परमेश्‍वर, एक मात्र परमप्रभु हुनुहुन्छ । \v 30 तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा हृदय, आफ्नो सारा प्राण, आफ्नो सारा मन र आफ्नो सारा शक्‍तिले प्रेम गर्नुपर्छ ।’ \v 31 दोस्रो आज्ञा यो हो, ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ ।’ योभन्दा अरू कुनै ठुलो आज्ञा छैन ।”