ne_mrk_text_ulb/12/13.txt

1 line
1.3 KiB
Plaintext

\v 13 अनि उहाँलाई कुराहरूमा फसाउन तिनीहरूले फरिसीहरू र हेरोदियासहरूमध्ये कसै कसैलाई उहाँकहाँ पठाए । \v 14 जब तिनीहरू आए, तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं, कि तपाईंले कसैको विचारको वास्ता गर्नुहुन्‍न, र तपाईंले मानिसहरूबीच कुनै भेदभाव गर्नुहुन्‍न । तपाईंले परमेश्‍वरको मार्ग सच्चा रीतिले सिकाउनुहुन्छ । कैसरलाई कर तिर्नु उचित हो वा होइन? हामी कर तिरौं कि नतिरौं?” \v 15 तर येशूले तिनीहरूको कपटलाई जान्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू मलाई किन परीक्षा गर्छौ? मलाई एउटा दिनार ल्याओ ताकि म हेर्न सकूँ।”