ne_mrk_text_ulb/12/01.txt

1 line
1.0 KiB
Plaintext

\c 12 \v 1 त्यसपछि येशूले तिनीहरूलाई द‍ृष्‍टान्तमा सिकाउन थाल्‍नुभयो । उहाँले भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाए, त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने । तिनले त्यहाँ एउटा मचान बनाए र दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए । त्यसपछि तिनी यात्रामा लागे । \v 2 ठिक समयमा तिनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना सेवक पठाए । \v 3 तर तिनीहरूले त्यसलाई समातेर पिटे र केही पनि नदिईकन पठाइदिए ।