1 line
1.1 KiB
Plaintext
1 line
1.1 KiB
Plaintext
\v 31 तिनीहरूले एक-आपसमा छलफल र बहस गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौं भने तिनले भन्नेछन्, ‘त्यसो भए, किन उनलाई विश्वास गर्दैनौ?’ \v 32 तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने...।" तिनीहरू मानिसहरूसित डराउँथे, किनकि सबैले यूहन्ना अगमवक्ता थिए भनी मान्थे । \v 33 त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए र भने, “हामीलाई थाहा छैन ।” त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “म पनि यी कुराहरू कुन अधिकारले गर्छु भनी तिमीहरूलाई बताउँदिनँ।” |