ne_mrk_text_ulb/11/07.txt

1 line
1.0 KiB
Plaintext

\v 7 तिनीहरूले बछेडोलाई येशूकहाँ ल्याए र आफ्ना खास्टोहरू त्यसमाथि राखे र उहाँ त्यसमाथि चढ्नुभयो । \v 8 धेरै मानिसले आफ्ना कपडाहरू बाटोभरि ओछ्‍याए र अरूहरूले खेतबाट काटेर ल्याएका रूखका हाँगाहरू बिछ्‍याए । \v 9 उहाँको अगिअगि जाने र उहाँका पछिपछि आउनेहरूले यसरी ठुलो सोरमा कराए, “होसन्‍ना! परमप्रभुको नाउँमा आउने धन्यका हुनुहुन्छ । \v 10 हाम्रा पिता दाऊदको आउने राज्य धन्यको होस्! सर्वोच्‍चमा होसन्‍ना!”