ne_mrk_text_ulb/09/42.txt

1 line
1.2 KiB
Plaintext

\v 42 जसले ममा विश्‍वास गर्ने यी सानामध्ये एक जनालाई ठेस खान लगाउँछ, त्यसको निम्ति त बरु त्यसको घाँटीमा ठुलो जाँतोको ढुङ्गा बाँधेर समुद्रमा फ्याँक्‍नु राम्रो हुन्छ । \v 43 यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने त्यसलाई काटिदेऊ । दुईवटा हात लिएर कहिल्यै ननिभ्‍ने आगोको नरकमा जानुभन्दा अपाङ्ग भएर जीवनमा प्रवेश गर्नु नै राम्रो हुन्छ । \v 44 \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा ४४ र ४६ पदको निम्‍न पदावली छैनः \fqa जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन । \fqa* \f*