ne_mrk_text_ulb/09/33.txt

1 line
1021 B
Plaintext

\v 33 अनि उहाँहरू कफर्नहुममा आइपुग्‍नुभयो । उहाँ घरमा पस्‍नुभएपछि, उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ?” \v 34 तर तिनीहरू चुपचाप भए । किनकि तिनीहरूले “कोचाहिं सबैभन्दा ठुलो हो” भनी बहस गरिरहेका थिए । \v 35 उहाँ बस्‍नुभयो र बाह्र जनालाई एकसाथ बोलाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने त्यो सबैभन्दा अन्तिम र सबैको सेवक हुनेछ ।”