ne_mrk_text_ulb/09/09.txt

1 line
802 B
Plaintext

\v 9 उहाँहरू पहाडबाट तल ओर्लंदै गर्नुहुँदा, मानिसको पुत्र मृत्युबाट जीवित भएर नउठेसम्‍म तिनीहरूले देखेका कुरा कसैलाई केही पनि नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो । \v 10 त्यसैले ती कुराहरू तिनीहरूले आफैंसँग राखे, तर तिनीहरूले “मृत्युबाट जीवित भई उठ्नु” को अर्थ के हो भनी तिनीहरूले आपसमा छलफल गरे ।