ne_mrk_text_ulb/09/01.txt

1 line
1.1 KiB
Plaintext

\v 1 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरूमा तिमीहरूमध्ये केहीले परमेश्‍वरको राज्य शक्‍तिसित आएको देख्‍नु अगि मृत्यु चाख्‍नेछैनन् । \v 2 छ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्‍नालाई आफ्नो साथमा लिएर एउटा अग्लो पहाडमा जानुभयो । त्यसपछि तिनीहरूको सामु उहाँको रूप परिवर्तन भयो । \v 3 उहाँका लुगाहरू एकदमै चहकिलो, अति सेतो भयो, यति सेतो भयो कि पृथ्वीमा कुनै पनि धोबीले त्यतिको सेतो बनाउन सक्दैनथ्यो ।