ne_mrk_text_ulb/07/17.txt

1 line
1018 B
Plaintext

\v 17 जब येशूले भीडलाई छोडेर घरभित्र पस्‍नु‍भयो, उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे । \v 18 येशूले भन्‍नुभयो, “के तिमीहरू अझै पनि अबुझ छौ? बाहिरबाट व्यक्तिभित्र पस्‍ने कुराले त्यसलाई अशुद्ध पार्न सक्दैन भनेर के तिमीहरू देख्दैनौ? \v 19 किनकि त्यो त्यसको हृदयमा जान सक्दैन, तर त्यसको पेटमा जान्छ र निस्‍केर शौचालयमा पुग्‍छ ।” यस भनाइद्वारा येशूले सबै भोजन शुद्ध हो भनेर बताउनुभयो ।