ne_mrk_text_ulb/04/26.txt

1 line
928 B
Plaintext

\v 26 उहाँले यो पनि भन्‍नुभयो, “परमेश्‍वरको राज्य जमिनमा बीउ छर्ने मानिसजस्तो हो । \v 27 त्यो रातमा सुत्छ अनि दिन भएपछि उठ्छ, अनि कसरी भयो भन्‍ने त्यसले नजाने पनि बीउ उम्रन्छ र बढ्छ । \v 28 जमिन आफैंले अन्‍न फलाउँछः पहिला टुसा पलाउँछ, त्यसपछि बाला लाग्छ अनि बालामा अन्‍न पाक्छ । \v 29 जब अन्‍न पाक्छ, तुरुन्तै त्यसले त्यसलाई हँसियाले काट्छ, किनभने कटनीको समय आएको छ ।”