1 line
1.0 KiB
Plaintext
1 line
1.0 KiB
Plaintext
\v 10 येशू एक्लै हुनुहुँदा उहाँका नजिकका मानिसहरू र बाह्र जना चेलाले उक्त दृष्टान्तको बारेमा उहाँसँग सोधे । \v 11 उहाँले तिनीहरूलाई भन्नुभयो, "तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य दिइएको छ । तर बाहिरकाहरूलाई हरेक कुरा दृष्टान्तहरूमा दिइएको छ । \v 12 त्यसैले तिनीहरू हेर्न त हेर्छन्, तर देख्दैनन्, सुन्न त सुन्छन् तर बुझ्दैनन्, नत्रता तिनीहरू फर्कन्थे र परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो ।” |